२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धनमा लागेका छौँ: मन्त्री शाही

प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धनमा लागेका छौँ: मन्त्री शाही
अ अ+ अ-

मुगु। वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले सरकार प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय उद्घाटन कार्यक्रममा आज उहाँले प्रकृति संरक्षणमा जोड दिएर पर्यटकीय क्षेत्रको विकास गरिने बताउनुभयो ।

मन्त्री शाहीले नेपालको सबैभन्दा ठूलो तालका रूपमा मात्र सीमित नभई रारा ताल प्रकृतिको बरदान भएकाले यसको संरक्षण र विकासका लागि सरकार लागिरहेको बताउनुभयो । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यस वरपरको प्रकृति संरक्षणका लागि यहाँ कोषको कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ ।

यस कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रममार्फत रारा तालको प्रकृति संरक्षण र राष्ट्रिय निकुञ्जभित्रको वन वन्यजन्तुको संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास गरेका छौँ”, मन्त्री शाहीले भन्नुभयो,“प्रकृति संरक्षण कोष कर्णाली प्रदेशमा पहिलोपटक यहाँ स्थापना भएको छ । यस कार्यक्रममार्फत रारा राष्ट्रिय निकुञ्ज, रारा ताल, से फोक्सोनडोलगायत समग्र कर्णाली प्रदेशको प्रकृति संरक्षणको क्षेत्रमा पनि काम गर्नेछौँ ।”

कोषले निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको संरक्षण, वन्यजन्तुको उपचार र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पनि ठूलो योगदान पु¥याउने उहाँको भनाइ थियो । पछिल्ला केही वर्षयता रारा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले पर्यटकको सङ्ख्या वृद्धिसँगै धार्मिक पर्यटन क्षेत्रको विकासमा जोड दिइने भन्दै मन्त्री शाहीले त्यसका लागि आगामी वर्षको बजेटमा आवश्यक कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

“रारालगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन र प्रकृतिको संक्षणमा जोड दिई संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधिलाई चलायमान बनाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ”, उहाँले भन्नुभयो,“पर्यटकीय गतिविधिलाई चलायमन बनाउन होटल पूर्वाधार निर्माणमा जोड दिएका छौँ । हाल रारामा आउने पर्यटकको सहजताका लागि मुर्मा सल्लेरीमा ठूला होटल निर्माण हँुदैछन् ।”

कार्यक्रममा जिल्ला समन्वय प्रमुख मञ्जनबहादुर कार्की, छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिका अध्यक्ष केशर जङ्ग शाही, कोषका सदस्य सचीव डा नरेश सुवेदीलगायतको उपस्थिति रहेको थियो । रासस