२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालको टिप्पणी–दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु



photo: rss
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गर्नुभएको हो ।

प्रतिनिधि सभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गर्नुभयो । उहाँले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाउनु भयो । उहाँले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राख्नुभयो । उहाँले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “यो दश महिनामा सरकार सुध्रिएन । सरकार सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएको नै थिएन । एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो । मैले त्यति बेला यो भनिरहेका सत्ता बहिर्गमनको छटपटी भनेर टिप्पणी पनि गरियो । तर अहिले त्यो तपाईंहरूको भाष्य बनिसकेको छ । सरकार सञ्चालनका संयन्त्रका सदस्यहरूले समेत प्रधानमन्त्रीको बेड रुमसम्मै को पुग्छन् भन्ने सार्वजनिक गरेबाट यो कुरा प्रस्ट भएको छ । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरूले । दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।”

अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडी गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताउनु भयो ।