१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ । उहाँले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार बढेको र ग्रे लिष्टमा परेको भएपनि सरकारले उक्त कुरामा तपशीलको लक्ष्य राखेको राखेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वार्थ समूहहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सिमित भएको देखिएको छ । यतिबेलाको मुल समस्या भएको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन हो । नीति तथा कार्यक्रममा यी विषयहरुलाई कुनै खास महत्व दिएको देखिएको छैन । जबकी भ्रष्टाचार बढेको र कालो धन शुद्धीकरण बढेको फाइनान्सियल एक्शन टाक्स फोर्सले नेपाललाई ग्रलिष्टमा राखेको अवस्था हाम्रो सामु छ । त्योसूचीबाट बाहिर ल्याउने काम गर्नुपर्नेमा सरकारले यसलाई तपशीलको लक्ष्य राखेर दुई वर्षपछि मात्र हट्ने लक्ष्य राखिनुले सरकार यथार्थमा नै गैरजिम्मेवार देखिएको छ । ’

सरकारसँग संख्याको दम्भ रहेको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको अध्यक्ष दाहालको आरोप छ ।