६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सुधार केन्द्रमा भएको निर्घात कुटपिटबारे प्रहरीले अनुसन्धान थाल्यो



अ+ अ-

काठमाडौं । रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

उक्त सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

ती व्यक्तिलाई तीन जना मिलेर पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट गरिरहेको भिडिओमा देखिन्छ । ४१ सेकेन्डको भिडिओमा कुट्दा कराएको आवाज नसुनिओस् भनेर गीत बजाएको सुनिन्छ।

उक्त सुधार केन्द्रका सञ्चालक सुरज साह कानूले आफूसँग ब्ल्याकमेल गर्न एक कर्मचारीले भिडिओ बनाएर भाइरल गरेको बताए ।

कुट्ने व्यक्ति सिपु पाण्डे र भिडिओ बनाउने विकास गुप्तालई सात महिना अगाडि नै प्रहरीमा उजुरी दिईसकेको र उनीहरुलाई जागिरबाट निकालिसकेको उनले बताए । यस्तै, कुटिएको व्यक्ति पनि एक महिना मात्रै सुधार केन्द्रमा बसेर गइसकेको उनको भनाई छ ।

उक्त भिडिओबरे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए । त्यसपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।