२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
अ अ+ अ-

वीरगञ्ज, (पर्सा) । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ । विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसकेपनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ ।

सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मङ्सिरदेखि फागुनसम्मको तीन महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्र छायाङ्कनका कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको जानकारी दिनुभयो ।

‘‘गत आर्थिक वर्षमा करिब एक हजार आठ सय पाहुना आउनुभएको थियो,’’ उहाँले भन्नुभयो,‘‘यो वर्षको वैशाख तेस्रो सातासम्मको अवधिमा करिब तीन हजारको हाराहारीमा पर्यटक भित्रिनुभएको छ । पर्यटकको आवागमन बढेसँगै यहाँका स्थानीय होमस्टे सञ्चालकहरुमा उत्साह बढिरहेको छ ।’’

निर्माता अनुप पौडेलले नेपाली र भोजपुरी भाषामा आधारित ‘इलेफेन्ट इन द फग’ नामक चलचित्र ठोरी गाउँपालिकाको शिकारीबास र आसपासको क्षेत्रमा छायाङ्कन गर्नुभएको थियो । गत आवमा भने यहाँ करिब एक हजार आठ सयको हाराहारीमा पाहुना भित्रिएका थिए ।

यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्नसमेत पाइन्छ । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् ।

यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ । एउटा घरबासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले प्रदेश सरकारले पर्यटकको लागि घुमाउनको अनुदानमा उपलब्ध गराएको सेतो नम्बर प्लेटको सफारी गाडीको कारणले सार्वजनिक बिदाको दिनमा पर्यटकलाई घुमाउनको लागि समस्या परेको गुनासो गर्नुभयो ।

‘‘ पटक–पटक मधेश मन्त्रालयमा धाइसक्यौँ । तर, अहिलेसम्म पनि सो समस्या समाधान हुन सकेको छैन ।’’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँका घरबासमा स्थानीयस्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पनि पाहुनाले रुचाउने गर्छन् । समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छन् । रासस