६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई ३४ औं बुन्डेसलिगा उपाधि, अन्ततः ह्यारी केनले उपाधि जिते



अ+ अ-

काठमाडौँ । जर्मन शीर्ष फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

दोस्रो स्थानको लेभरकुसेन एससी फ्राइवर्गसँग २–२ को बराबरीमा रोकिएसँगै बायर्नले ३४ औं पटक बुन्डेसलिगाको उपाधि जितेको हो । शीर्षस्थानको बायर्नको ३२ खेलबाट ७६ अंक छ ।

दोस्रो स्थानको लेभरकुसेनको समान खेलबाट ६८ अंक छ । यसैबीच बायर्नका फरवार्ड ह्यारी केनले करिअरमै पहिलो ठूलो उपाधि जित्न सफल भएका छन् । लामो समय इंग्लिस क्लब टोटेनहममा बिताएका उनले कुनै ट्रफि जित्न सकेका थिएनन् ।

गत सिजन लेभरकुसेन च्याम्पियन बनेपछि केन उपाधि जित्न बन्चित भएका थिए । तर, यो सिजन भने केनको भाग्य चम्कियो ।