२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा

श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
अ अ+ अ-

इलाम। यहाँको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताउनुभयो ।

उहाँले देशका विभिन्न ग्रामीण बस्तीमा शुद्ध खानेपानीको अभाव पूर्ति गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको र सोहीअनुसार यहाँ आयोजना सम्पन्न भएको बताउनुभयो ।

मन्त्री यादवले प्रत्येक नेपालीका घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ । सरकारले त्यस्ता समस्या समाधानका लागि ठोस योजनाअघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौँ ।”

मन्त्री यादवले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने उल्लेख गर्नुभयो । “विपद्का कारण भत्किएका र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गर्न स्थानीय तह र उपभोक्ताको सहलगानीमा एकीकृत रूपमा आयोजना सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका निर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले यस आयोजनाअन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ परिवारका ११ हजार ७६९ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । उहाँका अनुसार हालसम्म कूल २५० घरधुरी यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजनाअन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ ।

प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना ‘पम्पिङ’ तथा ‘ग्राभिटी’ दुवै प्रणालीमा आधारित रहेको निर्देशक श्रेष्ठले बताउनुभयो । यस आयोजनाको क्षेत्रफल १८ दशमलव आठ वर्ग किलोमिटर रहेको छ । आयोजनाको निर्माण आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको थियो । आयोजनाको लागत रु ३७ करोड ७२ लाख रहेको र त्यसमा १० प्रतिशत स्थानीय समुदायको साझेदारी रहेको आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, कोशी प्रदेशसभा, सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेललगायतका उपस्थिति रहेको थियो । रासस