२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त



अ+ अ-

काठमाडौं। नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ छातीरोग विशेषज्ञ प्राडा अर्जुन कार्की नियुक्त भएका छन्।

विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी)को बैठकले सिफारिस समितिको सुझावमा कार्कीलाई नियुक्त गरेको हो। नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित संरक्षक परिषद्को निर्णयमा पूर्वाधार विकास विज्ञ प्राडा सूर्यराज आचार्य रजिष्ट्रारमा नियुक्त भएका छन्।

प्राडा कार्की यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समेत भइसकेका छन्। परिषद्का सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, इन्जिनियर लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।