५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त



अ+ अ-

काठमाडौं। नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ छातीरोग विशेषज्ञ प्राडा अर्जुन कार्की नियुक्त भएका छन्।

विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी)को बैठकले सिफारिस समितिको सुझावमा कार्कीलाई नियुक्त गरेको हो। नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित संरक्षक परिषद्को निर्णयमा पूर्वाधार विकास विज्ञ प्राडा सूर्यराज आचार्य रजिष्ट्रारमा नियुक्त भएका छन्।

प्राडा कार्की यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समेत भइसकेका छन्। परिषद्का सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, इन्जिनियर लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।