२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

कोलकाता नाइट राइडर्सको पाँचौं जित, राजस्थान रोयल्स १ रनले पराजित

कोलकाता नाइट राइडर्सको पाँचौं जित, राजस्थान रोयल्स १ रनले पराजित
अ अ+ अ-

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा कोलकाता नाइट राइडर्सले पाँचौं जित दर्ता गरेको छ। आइतबार इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई १ रनले पराजित गर्‍यो।

कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो। कप्तान रियान परागले ४५ बलमा ८ छक्का र ६ चौकासहित ९५ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। यशस्वी जैसवालले ३४, शिमरोन हेटमायरले २९, शिवम दुबेले अविजित २५ र जोफ्रा आर्चरले १२ रन जोडे।

कोलकाताका लागि वरुण चक्रवर्ती, हर्षित राना र मोइन अलीले २/२ विकेट लिए भने वैभव अरोराले १ विकेट झारे। टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। रहमानुल्लाह गुर्बाजले ३५, अजिंक्य रहाणेले ३०, अंगकृश रघुवंशीले ४४ र आन्द्रे रसेलले अविजित ५७ रन बनाए। रसेलको २५ बलमा ६ छक्का र ४ चौका प्रहारसहितको विस्फोटक पारी निर्णायक बन्यो।

राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले एक/एक विकेट लिए। यो जितपछि कोलकाता ११ खेलमा ५ जितसहित अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। एक खेल वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो। राजस्थानले भने १२ म्याचमध्ये ९ हार्दा मात्र ३ जित निकाल्दै प्लेअफ दौडबाट बाहिरिएको छ।