२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
default
अ अ+ अ-

सुर्खेत। सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर।

आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ । प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भीम बहादुरलाई वीरेन्द्रनगर र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो ।

“लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ”, ६१ वर्षीय खत्रीले भन्नुभयो, “गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ । यस्ता स्वास्थ्य शिविर नियमित रुपमा गाउँमा सञ्चालन हुनुपर्छ ।”

भीमबहादुर मात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएपछि स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, गाउँमै जाँच गर्न पाएपछि खुसी छु,”

वडा नम्बर ८ कै पूर्णकला ओलीलाई पेटसम्बन्धीको समस्याले पिरोलिरहन्छ । एकदिने विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उहाँलाई गाउँमै विकास आएको महसुस भएको छ ।

“म पेटको बिरामी छु, उपचार गर्न नेपालगञ्ज जानुपथ्र्यो । तर यो पटक गाउँमै उपचार पाइएको छ ।” शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरिएको छ । विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा पाएका छन् ।

सिम्ता–८ मा पहिलोपटक गरिएको सात विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन् । वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगका समस्याबारे सेवा प्रदान गरिएको छ । शिविरमा वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा नम्रता भट्टराई र वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कृतिका थापाले सेवा दिनुभयो ।

मेडिकल अधिकृत डा दिलीपकुमार शाह र डा अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा कैलास सिराले बिरामीलाई सेवा दिनुभएको थियो । घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मी बताउनुहुन्छ । शिविरमा सिम्ता गाउँपालिका–८ लगायत आसपास वडाका बिरामीको उपचार गरिएको छ ।

सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाई उपचारको पहुँचमा पुर्याइने अध्यक्ष चन्दले बताउनुभयो । शिविरमा विभिन्न रोगका दुई सय २५ महिला र ७५ पुरुषले सेवा लिएका छन् । शिविरमा बिरामीलाई उपचारसँगै आवश्यक परामर्श र औषधि समेत वितरण गरिएको थियो । रासस