७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो-अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडियाजगत्कै रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आज उहाँले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभएको हो ।

अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धिलाई तस्बिरमार्फत जनसमक्ष ल्याउन रासस फोटो किताब महत्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकाशन गरिएको बताउनुभयो । “वास्तवमा यो अवधिमा धेरै काम भएका छन् तर, मिडियाको माध्यमबाट ती कामबारे अझ धेरै प्रकाशन प्रसारण गर्न सकिएको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन”, उहाँले भन्नुभयो ।

यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरूमा तस्बिर प्रदर्शनीसमेत गरिसकेको छ । तिनै तस्बिरको सङ्ग्रहका रूपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन गरिएको हो । रासस