२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

कम्युनिष्ट आन्दोलनकी योद्धा सुभद्रा रेग्मी सम्मानित

कम्युनिष्ट आन्दोलनकी योद्धा सुभद्रा रेग्मी सम्मानित
अ अ+ अ-

मकवानपुर। कम्युनिष्ट आन्दोलनकी योद्धा हेटौँडा– ८ निवासी सुभद्रा रेग्मीलाई श्री चन्द्र शर्मा स्मृति सम्मानबाट पुरस्कृत गरिएको छ ।

उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रममा फाउण्डेशनका तर्फबाट सम्मानपत्रका साथै नगद रु १५ हजार ५५५ सहित सम्मान गर्नुयो ।

पञ्चायतकालमा भूमिगत राजनीतिक अवस्थामा रहेर प्रत्येक गाउँटोलमा कम्युनिष्ट आन्दोलनलाई सक्रियतापूर्वक योगदान गरेको स्मरण गर्दै रेग्मीलाई सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो ।

सम्मानित रेग्मीले आफूले प्राप्त गरेको रकम सडक बालबालिकाका लागि खर्च गर्न मामाघरका व्यवस्थापक अर्पण पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

आजै पूर्वराष्ट्रपति भण्डारीले हेटौँडा उपमहानगरपालिका-९ स्थित त्रिवेणीधाम मन्दिरको अवलोकन गर्नुभएको छ । उहाँ नेकपा (एमाले) बागमती प्रदेश, युवा परिषद्का पदाधिकारी, सदस्य र विभिन्न युवा समूहसँग अन्तरक्रिया कार्यक्रममा पनि सरिक हुनुभएको थियो । रासस