१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट नेता बुढाको अन्त्येष्टि



अ+ अ-

काठमाडौं । आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।  

रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षिय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो ।

पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।

अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, उर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपती पुग्नुभएको थियो ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । 




भर्खरै