२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट नेता बुढाको अन्त्येष्टि



अ+ अ-

काठमाडौं । आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।  

रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षिय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो ।

पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।

अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, उर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपती पुग्नुभएको थियो ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।