१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षामा सुधार, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै शिक्षा प्रणालीमा आमुल सुधार गरिने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्वन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताउनु भयो । उहाँले राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी गराउनु भयो ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरुको समाधान गर्न नीतिगत तथा कानूनी प्रवन्ध गर्ने । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने, उद्यमशीलतामैत्री शिक्षाको नीति अपनाई श्रमक्षेत्रमा रहेको सिपयुक्त जनशक्तिको अभावको अन्त्य गर्ने । यसको लागि हालको पाठ्यक्रम सिकाई र अध्यापन विधिमा व्यापक सुधार गर्ने । आन्तरिक रोजगारी सिर्जना गर्ने ।’

सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा गरेको छ ।