९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विद्युत प्राधिकरण फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफामा

विद्युत प्राधिकरण फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफामा
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताउनुभएको छ ।

चालु आ.व. को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्शान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्शानीमै रहेको शाक्यले जानकारी दिनुभएको हो ।

उहाँले जारी गर्नुभएको श्वेतपत्रमा भनिएको छ–‘महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका बुँदाहरुमध्ये संस्थाले रु। ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९।९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ। व। २०८०।८१ मा देखाएको नाफा नोक्शान हिसावमा थप समायोजन गरी नाफा नोक्शान कायम गर्नुपर्ने देखिन्छ । यसमा सम्भावित दायित्व समेत बापत हुन आउने नोक्शानी संलग्न छैन । यसरी महालेखाको प्रतिवेदनमा औंल्याइएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्शान विवरण आदिमा मुलभुत रुपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गरिनेछ ।’

श्वेतपत्रअनुसार बाँकी वक्यौतातर्फ २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा गत फाल्गुनसम्म प्राधिकरणको जम्मा वक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । डेडिकेटेड फिडर तथा ट्रकलाइनतर्फको २३ अर्ब ४४ करोडमध्ये पहिलो खण्ड २०७२ श्रावणदेखि पौषसम्मको १ अर्ब ४२ करोड, २०७२ माघ देखि २०७५ वैशाखसम्म ६ अर्ब ११ करोड र २०७५ जेठ देखि २०७७ असारसम्म १ अर्ब १ करोड र चक्रिय जरिवाना रकम ६ अर्ब ९० करोड रहेको छ । वक्यौता असुलिको लागि प्राविधिक रुपमा प्रमाण जुटाउनुपर्ने रहेको बताउँदै शाक्यले कतिपय अदालतमा विचाराधिन रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘नेपाल सरकारबाट कोभिड छुट, चिस्यान केन्द्र लगायत शिर्षकमा दिइएको छुट बापतको रकम रु। १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ, जुन विगतका वर्षदेखि बाँकी रही आएको भएतापनि नेपाल सरकारबाट प्राप्त हुन सकेको छैन । यसरी डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको र अन्यसहित बक्यौता जम्मा ३२ अर्ब ५ करोड रहेको छ । यी रकम महालेखा परिक्षकको आ।व। २०८०/०८१ को प्रतिवेदनमा पनि प्राप्ति अनिश्चित भएको र आयमा संलग्न गरिएको बारे कैफियत जनाइएको छ । यी वक्यौता रकमहरु आयमा समावेश गरी ने।वि।प्रा।को वासलात तयार भएको देखिन्छ । उपरोक्त बाहेक रु। १२ अर्ब ४९ करोड नियमित तर्फको बक्यौता रहेको छ ।’

महालेखापरीक्षकको प्रतिवेदनअनुसार संस्थाले खिम्ती जलविद्युत आयोजनाको आजसम्म पनि स्वामित्व हस्तान्तरण गरी नलिएकाले संस्थाको सम्पती तथा दायित्वको यथार्थ यकिन नभएको र सो कारणबाट महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार संस्थालाई आ। व। २०८०÷८१ को अन्त्य सम्ममा १२ अर्ब ५८ करोड रुपैयाँको थप दायित्व सृजना हुन जाने श्वेतपत्रमा उल्लेख छ ।