१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जसमा १ सय जनामा पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् ।

बुधबार २ सय ७ जना डिस्चार्ज भएका छन् । आजसम्म १२ हजार ६ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा  २ हजार ८ सय ३५, बागमती प्रदेशमा ४ सय ५६ र गण्डकी प्रदेशमा १ हजार २४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ४८, कर्णाली प्रदेशमा १ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा  २ हजार २ सय २ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् । 




भर्खरै