३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आइपीएलः प्लेअफमा पुग्न गुजरातलाई हैदराबादको चुनौती



अ+ अ-

एजेन्सी । आइपीएल २०२५ को ५१ औं खेलमा आज गुजरात टाइटन्स (जीटी) रसनराइजर्स हैदराबाद (एसआरएच) खेल्दैछन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेकाट सरु हुनेछ ।

जीटीका विकेटकिपर-ब्याट्सम्यान जोस बटलरले आज एउटा उपलब्धि हासिल गर्ने मौका रहेको छ । उनले आज १२ रन बनाए आईपीएलमा ४००० रन पूरा गर्नेछन् ।

यस सिजनमा आज गुजरात र हैदराबाद दोस्रो पटक आमनेसामने हुदैछन्। पछिल्लो खेलमा गुजरातले हैदराबादलाई आफ्नै घरेलु मैदानमा ७ विकेटले पराजित गरेको थियो । हैदराबादले अहमदाबादमा गुजरात विरुद्ध अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

१२ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको जीटीलाई अब प्लेअफमा छनोट हुन केवल दुई जित आवश्यक छ । यसैबीच, ६ अंकसहित नवौं स्थानमा पुगेको हैदराबाद अर्को हारसँगै प्लेअफ दौडबाट बाहिरिन सक्छ। यस्तो अवस्थामा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा देख्न सकिन्छ।

आईपीएलमा जीटी र एसआरएच बीच ६ खेल खेलिएका छन् । जसमा गुजरातले ४ र हैदरावादले १ जितेको छ । १ खेल अनिर्णीत रह्यो । दुई टोलीबीच अहमदाबादमा दुई खेल खेलिएकोमा गुजरातले दुवै पटक जितेको थियो । गुजरातले घरेलु मैदानमा २० मध्ये १२ खेल जितेको छ।

जीटीका लागि साई सुदर्शनले सर्वाधिक रन स्कोरर

गुजरातका साई सुदर्शनले पाँच अर्धशतकसहित ४५६ रन बनाएका छन् । कप्तान गिलले ३८९ रन बनाएका छन् भने जोस बटलरले ४०६ रन बनाएका छन् । बलिङमा प्रसिद कृष्ण, मोहम्मद सिराज र इशान्त शर्मा राम्रो लयमा छन् ।

क्लासेन एसआरएचका लागि सर्वाधिक रन स्कोरर

हेनरिक क्लासेन एसआरएचका लागि सर्वाधिक रन स्कोरर हुन् । उनले ९ खेलमा २८८ रन बनाएका छन् । साथै, अभिषेक शर्माले पछिल्ला दुई खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । बलिङमा हर्षल पटेलले राम्रो प्रदर्शन गरिरहेका छन् ।

दुवै टोलीको सम्भावित प्लेइङ–१२:

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, वाशिंगटन स्यान्डर, शाहरुख खान, राहुल तेवाटिया, करीम जनात, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा।

सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनाडकट, जीशान अन्सारी, मोहम्मद शामी, ट्राभिस हेड।