१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीद्वारा नेपाली विद्यार्थी साहको निधनप्रति शोक व्यक्त



अ+ अ-

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थी प्रिसा साहको निधनप्रति शोक व्यक्त गरेको छ ।

एक नोट सार्वजनिक गर्दै केआईआईटीले बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।

शुक्रबार विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ ।

वीरगन्ज घर भएकी १८ वर्षीया प्रिशा साह हिजो साँझ कलेजको होस्टलमा झुण्डिएरको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म उनको मृत्यूको कारण खुल्न सकेको छैन ।