काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थी प्रिसा साहको निधनप्रति शोक व्यक्त गरेको छ ।
एक नोट सार्वजनिक गर्दै केआईआईटीले बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।
शुक्रबार विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ ।
वीरगन्ज घर भएकी १८ वर्षीया प्रिशा साह हिजो साँझ कलेजको होस्टलमा झुण्डिएरको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म उनको मृत्यूको कारण खुल्न सकेको छैन ।










