९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः कार्यवाहक प्रधानन्यायाधीश मल्ल

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः कार्यवाहक प्रधानन्यायाधीश मल्ल
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले संविधान र कानूनले वातावरण संरक्षण, दिगो विकास र पर्यावरणका विषयलाई स्पष्ट रुपमा स्थापित गरिसकेको भएपनि तिनको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले कानून कार्यान्वयनका लागि प्रभावकारी रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याउँदै जलवायुसम्बन्धी रणनीतिक योजना कार्यान्वयनको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । सार्वजनिक–निजी साझेदारी ९पब्लिक प्राइभेट पार्टनरसिप० र जलवायु वित्त माग र खर्चको क्षमतामा समेत विकास गर्नुपर्ने बताउनु भयो । कार्यवाहक प्रधानन्यायाधीश मल्लले जलवायु न्यायका क्षेत्रमा अदालतले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कानून पनि छन्, संविधानले पनि वातावरण, दिगो विकास, पर्यावरणको कुरालाई समेत स्थापित गरिसकेको छ । तर कार्यान्वयन नै अलि चुनौतिपूर्ण अवस्थामा रहेको छ । त्यसकारण कानून कार्यान्वयनको लागि कसरी बढ्ने भन्ने रणनीति हाम्रो लागि महत्वपूर्ण छ । त्योसँगै बनेको कानून र हामीले बनाएको राष्ट्रिय रणनीतिक योजनाहरुको कार्यक्षमता कसरी बढाउने र पब्लिक प्राइभेट पार्टनरसिप पनि कसरी ल्याउने ? र जलवायु वित्त कसरी ल्याउने भन्ने कुरा पनि हामीले जोडेर अगाडि जान आवश्यक छ । जलवायुको क्षेत्रमा न्यायालयले महत्वपूर्ण भूमिका खेलेको छ । कानून नहुँदा पनि न्यायपालिकाले राइट टू लाइफसँग जोडेर अधिकारको रुपमा मान्यता स्थापित गरेको छ ।’

चुरे क्षेत्र, बर्दीया राष्ट्रिय निकुञ्ज, फेवा ताल लगायतको क्षेत्रबाट न्यायपालिकाबाट महत्वपूर्ण फैसलाहरु भएको उल्लेख गर्नुभयो । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास वैरागीले युरोपबाट अपेक्षित जलवायु वित्त प्राप्त हुनेमा अनिश्चितता रहेको बताउनु भयो । उहाँले युरोपेली मुलुकहरू आफ्नै विकास र व्यवस्थापनको चुनौतीमा रहेको उल्लेख गर्दै जलवायु वित्त प्राप्त हुने ग्यारेन्टी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई जलवायु वित्त आउने भनेको युरोपतिर बाट हो । तर अहिले उहाँहरुको सबै विकास गर्नुपर्ने खर्च पनि जलवायु कार्य खर्च गर्नको लागि जान्छ कि भन्ने छ । उहाँहरुलाई आफ्नै व्यवस्था धान्नको लागि चाहिने हो कि भन्ने समयमा क्लाइमेट फाइनान्स आउँछ भन्ने ग्यारेन्टी देखिँदैन अब । अलिकति मेहेनत गर्नुपर्ने स्थिति देखिन्छ । हामीले भनिरहेका छौं क्लाइमेट फाइनान्स एडिसनल हुनुपर्छ । अब यो थप समस्या आउने अवस्था आउन सक्छ ।’

उहाँले जलवायु वित्त प्राप्तिका लागि कुटनीतिक र रणनीतिक पहल सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।