१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो इन्टर मिलान



अ+ अ-

मिलान । इटालीको 'सिरी ए' को शीर्ष स्थानमा रहेको युभेन्ट्ससँगको दूरी छोट्याउने अर्को मौका इन्टर मिलानले बुधबार गुमाएको छ । इन्टर फियोरेन्टिनाको हातबाट गोलहित बराबरीमा रोकिएको छ ।

इन्टरको ७४ अंक छ भने युभेन्टस ८० अंकमा छ । पाँचौं स्थानमा रहेको रोमाले भने स्पालमाथि ६–१ को फराकिलो जित निकाल्न सफल रह्यो । त्यसमा ब्रुनो पेरेसले दुई गोल गरे ।

अन्य खेलमा पार्माले नेपोलीलाई २–१ ले हरायो ।