३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न



अ+ अ-

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।