८ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र इन्टरले बराबरी खेले



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलमा स्पेनी क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानले बराबरी खेलेका छन् ।

गएराति भएको पहिलो लेगको खेलमा दुबै टोलिले ३-३ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलको पहिलो मिनेटमा नै इन्टरले अग्रता लिएको थियो । मार्कुस थुरामले गोल गर्दै पाहुना टोलिलाई अग्रता दिलाएका हुन् ।

डेन्जेल डुम्फ्रीजले २१ औं मिनेटमा गोल थप्दै इन्टरको अग्रता दोब्बर पारे । २४ औं मिनेटमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १-२ मा ल्याए ।

यता ३८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । ६३ औं मिनेटमा डुम्फ्रीजले व्यक्तिगत दोस्रो तथा टोलिको लागि तेस्रो गोल गर्दै इन्टरलाई ३-१ ले अघि बढाए ।

६५ औं मिनेटमा बार्सिलोना ३-३ को बराबरी आयो । इन्टरका गोलकिपर यान सोमरले आत्मघाती गोल गर्न पुगे ।

बार्सिलोनाका कप्तान राफिन्हाले प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किँदा गोलकिपर सोमरलाई लागेर गोलमा परिणत भयो ।

बराबरीसँगै अब अर्को हप्ता इन्टरको घरेलु मैदानमा दोस्रो लेग खेल निर्णायक खेल हुनेछ ।