८ श्रावण २०८३, शुक्रबार
,
Latest
चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्रिपरिषद्को यही साउन ६ गते बसेको बैठकले डा उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

प्राधिकरणका अनुसार पदभार ग्रहणकै दिन जाजरकोट भूकम्पपीडितका बाँकी घर पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयबाट कार्यप्रारम्भ गरिएको हो ।

डा उप्रेतीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउँदै प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस