८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह



अ+ अ-

विराटनगर। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ ।

सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४० हजार, औषधोपचार खर्चवापत ६९ जनालाई रु ११ लाख १२ हजार ३०५, सुत्केरी तथा शिशु स्याहार योजना खर्चवापत एक हजार ६५६ जनालाई रु एक करोड २४ लाख २० हजार र विशेष आर्थिक सुविधा (कल्याणकारी) तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिनुभयो ।

प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई रु ४४ करोड ५५ लाख रकम प्रवाह भएको छ ।

सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलुढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बूलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उहाँले बताउनुभयो । रासस