९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

गोबर र गहुँतबाट आम्दानी

गोबर र गहुँतबाट आम्दानी
अ अ+ अ-

पर्वत । जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ ।

स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरिङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउँदै गाईको गहुँत र गोबरलाई प्रशोधन गरी आम्दानी गर्न थालेको छ । गौशालाबाट उत्पादन भएको मल र गहुँत ‘प्याकेजिङ’का साथै विभिन्न धार्मिक कार्यमा प्रयोग गर्न मिल्ने सामान बनाउन थालिएको हो ।

गौशाला सञ्चालन गर्नका लागि सहयोगदाताबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गौशालालाई गएको कात्तिकदेखि हालसम्म विभिन्न व्यक्तिले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वऐच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायतका सामान दान तथा सहयोग गरेका हुन्  ।

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको हो । गाईको गोबर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्यले भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आउनुभएको छ ।

“गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ति, धूप, ‘इकोप्रेसर म्याट’, चप्पल, भित्ते घडीजस्ता सामान बनाउन थालेको छौँ”, कर्मचारी आचार्यले भन्नुभयो, “गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हाँै ।” गहुँत प्रशोधन गर्ने उपकरणसमेत ल्याइएको उहाँले बताउनुभयो ।

गौशाला नजिकै रहेको धाइरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । “हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनका रुपमा विकास गर्ने प्रयासमा हामी लागेका छौँ ।”

विक्रम संवत् २०७२ मा समुदायको अगुवाइमा स्थापना भएको गौशालामा हाल ५८ स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । करिब ११ वटा गाईबाट गौशाला सुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताउनुभयो । “स्थानीय जातका गाई संरक्षण गरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “गाई लोप हुन नदिनु नै गौशालाको उद्देश्य हो ।”

केसीका अनुसार स्थानीयले गौशालालाई गाईसहित प्रतिगाई बराबर रु एक लाख १० हजारले नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गादान गर्नुभएको थियो । दिउँसोको समयमा नजिकैको जङ्गलमा चराउन लैजाने गाई बाँध्नका लागि व्यवस्थित गोठ बनाइएको छ । बिहान–बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ ।

जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गाईको दाना, घाँस, पराल र तीनजना कर्मचारीको तलबका लागि वार्षिक रु २२ लाख खर्च हुने गरेको छ ।

गाईको महत्वका विषयमा समुदायस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन विसं २०७६ मङ्सिरमा मिलनचोकस्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा रु तीन करोड २४ लाख सहयोग घोषणा गरिएको थियो । महोत्सवमा सङ्कलित रकमको ब्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

गौशालाको थप भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा समेत गाउँपालिकाबाट रु एक करोड ४५ लाख बजेट विनियोजन गरिएका छभने सङ्घीय सरकारबाट पनि रु एक करोड ४५ लाख बजेट परेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।