१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसले उपाधिका लागि कुर्नुपर्ने



अ+ अ-

युडिनेजी । युभेन्टसले बिहीबार इटालीको 'सिरी ए' मा युडिनेजीको हातबाट २–१ को हार बेहोरेको छ । युडिनेजीका लागि सेको फोफानाले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्टसले लगातार नवौं पल्ट लिग जित्नका लागि अझै कुर्नु पर्ने भएको छ । लिगमा तीन चरणको खेल बाँकी छँदा उपाधि सुनिश्चित गर्न युभेन्टसलाई यो खेल जित्नु पर्ने थियो । 

खेलमा युभेन्ट्सले म्याथिस डे लिग्टको गोलले अग्रता लिएपनि इलिजा नोस्टोरोभ्स्कीले बराबरी गोल फर्काए । फोफानाले व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै निर्णायक गोल गरे । पछिल्ला पाँच खेलमध्ये एकै खेलमा मात्र विजयी युभेन्टसले यो सिजन १८ अंक गुमाइसकेको छ । उसको ८० अंक छ र शीर्ष स्थानमा छ ।

त्यसयता एटलान्टा ७४ मा दोस्रो र इन्टर मिलान ७३ अंकमा तेस्रो स्थानमा छ । चौथौ स्थानमा रहेको लाजियोले अर्को खेलमा कागलिरीलाई २–१ ले हरायो र १३ वर्षपछि पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । लाजियो पाँच खेलयता विजयी रहेको हो । उसको ७२ अंक भएको छ ।