४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्टिको कारोबार नगरौँः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराउनुभएको हो ।

उहाँले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताउनु भयो । उहाँले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा परिवर्तन नआउनु रहेको बताउनु भयो । असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताउनु भयो । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महशुस गरेको छ भने राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा जुन बदलाव आउँछ भन्नेकुराको हामलिे वाता गरेका थियौँ । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरुप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरुप हामी अब काम गर्न चाहन्छाँै । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो इकोनोमिमा देखिएका जतिपनि समस्याहरु छन्, संकटहरु छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसदले केही कानूनहरु पारित गरेको छ । यद्यपि त्यसलाई हामीले प्रारब्धमा मात्रै ठानेका छौँ । त्यो शुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्ल लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पार्नुभयो । सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताउनु भयो ।