२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बार्क रिसर्च रिभ्युको विमोचनः दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक



अ+ अ-

ललितपुर, १४ वैशाखः इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन गरिएको छ ।

नेटवर्कले नेपालमा सक्रिय व्यवसायहरुमा आधारित एघार केस स्टडी समेटेर आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै तयार पारिएको पुस्तकको आइतबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले स्वागत मन्तव्य राख्दै इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे विशेष चर्चा गर्नुभयो ।

यस्तै, रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।”

स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा. नबराज अधिकारी र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गर्नुभयो । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पुस्तकमा समावेश एघार वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरुमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको जनाएको छ ।

ललितपुरस्थित पुल्चोकमा रहेको ईम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टन, लन्डन (युके)सँगको शैक्षिक साझेदारी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा स्नातक तहमा ४ वर्षे बीएस्सी. बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा २ बर्षे प्लेसमेन्ट सहितको मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन जनवरी २०२५ को शैक्षिक सत्र देखि सञ्चालन गर्दै आइरहेको छ ।




भर्खरै