३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बार्क रिसर्च रिभ्युको विमोचनः दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक



अ+ अ-

ललितपुर, १४ वैशाखः इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन गरिएको छ ।

नेटवर्कले नेपालमा सक्रिय व्यवसायहरुमा आधारित एघार केस स्टडी समेटेर आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै तयार पारिएको पुस्तकको आइतबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले स्वागत मन्तव्य राख्दै इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे विशेष चर्चा गर्नुभयो ।

यस्तै, रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।”

स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा. नबराज अधिकारी र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गर्नुभयो । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पुस्तकमा समावेश एघार वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरुमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको जनाएको छ ।

ललितपुरस्थित पुल्चोकमा रहेको ईम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टन, लन्डन (युके)सँगको शैक्षिक साझेदारी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा स्नातक तहमा ४ वर्षे बीएस्सी. बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा २ बर्षे प्लेसमेन्ट सहितको मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन जनवरी २०२५ को शैक्षिक सत्र देखि सञ्चालन गर्दै आइरहेको छ ।