३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।

भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गर्नुभएको हो ।

उहाँले भन्नुभयो “नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।”

मन्त्री डा राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट गर्नुभयो । त्यसैले काश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताउनुभयो ।

उहाँले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको बताउनुभयो । नेपाल आतंकवाद विरुद्धको लडाईमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उहाँले बताउनुभयो । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उहाँले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भन्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुशी या संकटको समयमा एकसाथ उभिएका छौँ । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।”

मन्त्री डा रााणाले पहलगाम त्रासदीको शिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरुलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद पनि दिनुभयो । त्यस अवसरमा मन्त्री डा राणाले सो आतंकवादी हमलामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।