१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरद्वारा जेनोआ पराजित, इन्टर चार अंकको दूरीमा



अ+ अ-

मिलान । इन्टर मिलानले इटालीको सिरी 'ए' मा शनिबार शीर्ष स्थानबाट आफूलाई चार अंकको दूरीमा राख्यो । यसका लागि उसले जेनोआलाई ३–० ले हरायो । त्यसमा रोमेलु लुकाकुले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे ।

युभेन्ट्सले आइतबार साम्पोरियाको सामना गर्दै छ र त्यसमा विजयी रहे, लिग उपाधि जित्नेछ । तर युभेन्ट्सले पछिल्ला पाँच खेलमध्ये एकमा खेलमा जित निकाल्न सकेको छ ।

इन्टरले यो जितसँगै एटलान्टालाई उछिनेर दोस्रो स्थानममा उक्लेको छ । शनिबारकै अन्य खेलमा पार्माले ब्रेसियालाई २–१ र नेपोलीले ससुलोलाई २–० ले हरायो ।