२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताउनु भयो । उहाँले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गर्नुभयो ।

उहाँले मनमोहन अधिकारीले ल्याउनुभएका यि कार्यक्रमहरुको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको बताउनु भयो । मनमोहन अधिकारी जस्ता प्रगतिशिल सोच, विचार भएका नेताहरुबाट प्रेरणा लिइ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका दिशामा सबैले सक्रिय भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा, विश्वास र कायम गर्न ठूलो टेवा पुग्ने मेरो विश्वास छ । २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवादउन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनिय योगदान हुने थियो ।’

पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभइ नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताउनु भयो ।