३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ईपीएलमा अन्तिम दिन, दुई ठूला निर्णय हुन बाँकी



अ+ अ-

लन्डन । आज आइतबार इंग्लिस प्रिमियर लिगमा सिजनको अन्तिम दिनको खेल हुँदैछ । अहिलेसम्म लिभरपुलले लिग जित्ने र म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने निश्चित भइसकेको छ । यस्तै नरविच रेलिगेसनमा पर्ने पनि निश्चित भइसकेको छ ।

तर युरोपेली फुटबलका लागि छनोट हुने र रेलिगेसनमा पर्ने थप दुई टिमको निर्णय हुन बाँकी छ र त्यो आइतबार पूरा हुनेछ । शीर्ष चार स्थानका लागि तीन टिमले संघर्ष गरिरहेका छन् र ती हुन्, चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड ।

यसमध्ये म्यानचेस्टर तेस्रो स्थानमा छ र उसले लेस्टर सिटीविरुद्ध कम्तीमा हार रोक्ने हो भने उसको भाग्य खुल्छ । अन्तिम सबै १० खेल एकै समय हुनेछ र त्यो नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।