११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त



अ+ अ-

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ ।  गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो । 

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार  ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० सङ्क्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस साता त्यहाँ सङ्क्रमणदर केही बढेको सङ्घले जनाएको छ । यसैगरी संयुक्त अरब  इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता सङ्क्रमण बढेको छ ।  

समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।