१ पुष २०८२, मंगलवार
,
Latest
एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड जितको संघारमा



अ+ अ-

म्यानचेस्टर । इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको तेस्रो दिन आइतबार जितको संघारमा पुगेको छ । जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १० रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको छ ।

टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्ल्यान्डले यो खेल आफ्नो पक्षमा पारे तीन टेस्टको सिरिज २–१ ले जित्न सक्नेछ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर २ सय २६ मा सकेको घोषणा गरेको थियो ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान रोय बर्नसले सर्वाधिक ९० रन बनाए । उनले डम सिबलीसँग मिलेर १ सय १६ रनको साझेदारी गरेर इंग्ल्यान्डलाई ठोस सुरुआत दिएका थिए ।