४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल



अ+ अ-

काठमाडौं । पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुने बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेपालका सबैभन्दा बढी विद्यार्थी भएको सो क्याम्पसका स्ववियु सभापति पोखरेलले लोकतन्त्र त्याग, तपस्या र बलिदानको प्राप्ति भएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार नेकपा एमाले र अध्यक्ष केपी ओली हो, नेपालमा आशाको दियो नेकपा एमालेले बाल्दै छ’, उहाँले भन्नुभयो ।

पोखरेलले नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा विदेशीले आएर काम गरिरहेका बताउँदै उहाँले नेपालबाट अरबौँ रुपैँया बाहिरिँदै गएको उहाँले बताउनुभयो । युवाले देशमा नै कम गरेर देशको पैसा देश भित्र नै रोक्नु पर्ने बताउनुभयो ।

देशलाई जति बेला सङ्कट आइपर्छ त्यति बेला देशको नेतृत्व गरेर समस्या समाधान गर्ने काम केपी ओलीले गर्ने गरेको उहाँले आग्रह गर्नुभयो । फेरि पनि देश अप्ठेरो अवस्थामा परेको बताउँदै उहाँले ओलीलाई देशको समस्या समाधानको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभयो ।