१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन

आज मंगलबार, गणेश भगवानको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् राशिफल

आज मंगलबार, गणेश भगवानको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् राशिफल
अ अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। भोगविलासले फजुल खर्च बढाउनेछ। सुखको आनन्दमा साथ दिन आउनेहरू समस्या पर्दा टाढिनेछन्। प्रेम र मित्रताको बन्धनले परोपकारी काममा प्रवृत्त गराउनेछ। खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। तर बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत प्राप्त हुने समय छ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मनग्गे आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला। मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्च बढ्नेछ। तापनि पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रोकिएका काममा अग्रजहरूको सहयोग जुट्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले कामको तारिफ गर्नेछन्। पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ। ठूला व्यक्तिहरूले साथ नदिए पनि साना भाइभहिनीको सहयोगले लाभ दिलाउनेछ।