२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीलाई हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर एनएसएलको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं। ललितपुर सिटि एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भर्खरै सम्पन्न पहिलो क्वालिफायर खेलमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै ललितपुरले फाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको खेलको पहिलो हाफमा १६ औं मिनेटमा ललितपुरका मणि कुमार लामाले रातो कार्ड खाएपछि ललितपुर १० खेलाडीमा समेटियो ।

धनगढीका मोहम्मद अल्जसँग जुधेका लामालाई रेफ्री उमेश बिडारीले सिधै रातो कार्ड देखाए । दुबैले एकअर्कामाथि ट्याकल गरेका थिए । तर रेफ्रीबाट लामाले कार्ड पाए ।

ललितपुरका खेलाडी, प्रशिक्षक तथा फ्यानहरु उक्त निर्णयबाट सन्तुष्ट देखिन्थेनन् । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका केर्भेन्स फिल्स बेल्फोर्टको सशक्त प्रहार गोलपोस्टको देब्रेतर्फबाट थोरैमात्र बाहिर गयो ।

खेलको ५६ औं मिनेटमा बेल्फोर्टले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाए । उनले फ्रीकिकबाट उत्कृष्ट गोल गरे । यता, खेलको ६१ औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो । जर्ज प्रीन्स कार्कीले गोल गर्दै टोलिलाई १-१ को बराबरीमा ल्याएका हुन् । दिपेश राईको सट्टामा बैकल्पिक खेलाडीमा रुपमा मैदान प्रवेश गर्नेबित्तिकै उनले गोल गरे ।

७३ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अग्रता बनाउने अवसर गुमाए । जर्ज प्रीन्सबाट लामो पास पाएका उनी ललितपुरका गोलकिपर जेफरी बाल्टससँग वान टु वानमा हिजाजीले सन्तुलन गुमाउँदा उनी गोल गर्न चुके ।

७९ औं मिनेटमा ललितपुरले अग्रता बनायो । पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए । ३५ यार्डबाट ८९ किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गरेको उनको बललाई धनगढीका गोलकिपर वालिद बिरोउले छेक्ने कुनै मौका पाएनन् ।

पराजित धनगढीलाई फाइनलमा पुग्ने अवसर भने बाँकी नै छ । भोलि आइतबार हुने पोखरा थन्डर्स र चितवन एफसीबिचको एलिमेनेटर खेलको विजेतासँग धनगढीले फाइनल प्रवेशका लागि खेल्नेछ ।




भर्खरै