२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । क्वाटरफाइनलका दोस्रो लेगका दुई खेल हुन लागेका हुन् ।

जसअन्तर्गत इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब रियल मड्रिडबीच भिडन्त हुँदैछ भने जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।

दुबै खेल नेपाली समयानुसा राति पौने एक बजे सुरु हुनेछ । यसअघि भएको पहिलो लेगमा आर्सनलले आफ्नो घरेलु मैदान इमिरेट्समा रियलमाथि ३–० को जित निकालेको थियो । जसकारण एग्रिगेटमा आर्सनल रियलभन्दा ३–० ले अगाडि छ । यद्यपि, रियलले आज घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

अर्कोतर्फ, इन्टरलाई भने आज फाइदा छ । यसअघि भएको पहिलो लेगको खेलमा उसले बायर्नलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको थियो । जसकारण उसलाई आज घरेलु मैदानमा बराबरीको नतिजाले पनि सेमिफाइनलमा पुर्याउने छ । तर, बायर्न पनि पुनरागमन गर्दै इन्टरलाई उसकै घरेलु मैदानमा सुखद नतिजाले हराउँदै सेमिफाइनलमा पुग्ने मनोबलका साथ मैदानमा उत्रनेछ ।

यसैबीच, गएराति भएका खेलबाट एग्रिगेटमा सुखद नतिजा निकाल्दै बार्सिलोना र पिएसजीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।




भर्खरै