१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
फाइल फोटो
अ अ+ अ-

जनकपुरधाम। डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ ।

जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिनुभयो ।

यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताउनुभयो ।

सो कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीलाई खेलकुदका लागि खुला स्थान निर्माण गरिएको प्रमुख चौधरीले बताउनुभयो ।

यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी रु २४ लाखको लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । सो योजनाअन्तर्गत पोखरीमा घाट निर्माण तथा वरपरको क्षेत्र व्यवस्थित बनाइएको प्रमुुखको भनाइ छ ।

उहाँका अनुसार धनगढीमाई मन्दिर परिसरमा रु चार लाखको लागतमा पार्क निर्माण गर्नुको साथै जिरोमाइलस्थित पार्क रु तीन लाख ६० हजारको लागतमा मर्मत गरिएको छ । वन क्षेत्रको संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन तथा बलान खोला सन्यासी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

झ्वाई खोल्सी सामुदायिक वन र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन्। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको प्रमुख चौधरीले बताउनुभयो । कार्यालयले वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।

सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ । वन पैदावार चोरी तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि पनि नियमित अनुगमन तथा गस्ती सञ्चालन चोरी तस्करीमा कमी आएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

वन संरक्षणसँगै सार्वजनिकस्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वनको सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वय गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस