१८ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइन मार्फत दिन मिल्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरेको थिये । तर, प्राविधिक कारणले गर्दा निरन्तरता दिन भने सकेको थिएन । आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जानकारी दिएको हो ।

अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भरेर तोकिएको शुल्क तिरी  submit  गर्नुपर्ने छ ।

 




भर्खरै