५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

खेलाडीको पर्खाइमा खेल मैदान

खेलाडीको पर्खाइमा खेल मैदान
अ+ अ-

काठमाडौं । महामारीको रुप लिएको कोभिड १९ का कारण यति बेला अधिकांस खेल स्थलमा खेलकुद गतिविधि हुन सकेका छैनन् । दशरथ रंगशाला, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, एन्फा टेक्निकल सेन्टर र राष्ट्रिय खेलकुद परिषदका कर्भडहल खेलाडीको पर्खाइमा छन् ।  

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहानी सत्रमा ब्याडमिन्टन खेलाडीले अभ्यास गरिरहेका छन् । तर दिउसोको समय खाली छ । राखेपले तोकेको कोभिड १९ रोकथामको मापदण्डलाई पूरा गर्दै ब्याडमिन्टन टोलीले अभ्यास गरिहेको छ । कभर्डहलमा ब्याडमिन्टन बाहेक अन्य कुनै पनि खेलको अभ्यास हुन सकेको छैन ।

राखेपको कभर्डहल सँगै जोडिएको दशरथ रंगशालामा कर्मचारी मर्मत सम्भारमा जुटिरहेका छन् । दुबो रोप्ने, पानी राख्ने काम भइराखेको छ । लकडाउन सुरु भएदेखिको चार महिनामा रंगशालामा खेलकुदका कुनै पनि गतिविधि भएका छैनन् ।

अहिले रंगशालामा अस्ट्रेलिया र चाइनिज ताइपेइसँग हुने खेलका लागि काम भइरहेको छ । सन २०२२ मा कतारमा हुने विश्वकप छनोटका लागि नेपालले दशरथ रंगशालामा अस्ट्रेलिया र ताइपेइसँग खेल खेल्ने छ । त्यसका लागि अहिले मैदान मर्मतको काम भइरहेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भने पिचको काम भइरहेको छ । साथै घाँस काट्ने कामले पनि तीब्रता पाइरहेको छ । बर्खायामा घाँस पलाउने हुँदा कर्मचारीले मेसी लगाएर मैदान बनाउन काममा जुटिरहेका छन् ।

सामान्य अवस्था भएको भए अहिले त्रिवि मैदानमा नेपालको चर्चित फ्रेन्चाइज लिग इपिएल हुने थियो ।

त्यस्तै केही अन्तर्राष्ट्रिय खेलमा पनि प्रतिस्पर्धा हुने थियो । त्रिवि मैदानमा व्यस्त क्रिकेट प्रतियोगिताका तालिकाले गर्दा केही वर्ष यता पिचको काम भएको थिएन । तर लकडाउनको समयमा कर्मचारीले यथेस्ट समय लिएर मैदानको मर्मत गरिरहको छन् ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा कुनै तालिका छैन् । भदौ १ गते देखी विश्वकप छनोटको अभ्यास हुने भएकाले मैदानमा कुनै कार्यक्रम राखिएको छैन् । अन्य ठाउँका खेल स्थलमा पनि कतै मर्मत सम्भारको काम भइरहेको छ भने कतै निर्माण कार्यलाई तिब्रता दिइएको छ । च्यासल मैदानको मर्मत गर्नेकाम ९५ प्रतिशत सकिएको छ । भदौ अन्तिम साता राखेपलाई हस्तान्तरण गर्ने गर्ने गरी खेल मैदान निर्माणको काम भइरहेको छ ।

व्यस्त तालिकामा हुने सबै खेल मैदानहरु अहिले शुन्य प्राय छन् । खेल स्थल खेलाडीको पर्खाइमा छन भने खेलाडी अभ्यासका लागि मैदान पुग्न आतुर छन् ।