८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित

लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित
अ+ अ-

काठमाडौँ: आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रुपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना‘ नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा सीमान्त सम्झना पुस्तक लोकार्पण गरियो । पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ ।

पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छ‘ भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेसको नयाँ अध्येता अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु ।’

यसरी एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदानका लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे ।

लोकार्पित पुस्तक ‘सीमान्त सम्झनाबारे लेखक यादव देवकोटाले टिप्पणी गरे । इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रुपमा चिनिन्छु तर म आज यही‘बाट एकमुष्ट रुपमा भन्न चाहन्छु– ‘सीमान्त सम्झनाजस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु ।’

वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरुबाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झनाले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपालकै स्तरमा वीरगन्ज सहरको सामाजिकआर्थिक इतिहास लिपिबद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’

सीमान्त सम्झना‘ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएकोदर्जनौँ पुस्तकलेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरु पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना  अनुसन्धानमूलक खजाना हो ।’

संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रुपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए । पुस्तकमाथि टिप्पणी गर्दै देवकोटाले भने, ‘एकेडेमीहरुले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ ।’
पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् । लाठ आध्यात्मिक साधक पनि हुन् ।

आफूहरुले ‘सीमान्त सम्झनामा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रुपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छत्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो । सन्दर्भसामग्रीअनुसूचीकुराकानीसूची र तस्बिरसूचीले पुस्तक संग्रहणीय बनेको छ ।’

सीमान्त सम्झनाले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास बताउने बताउँदै आचार्यले भने, ‘देशका हर परिवेशको इतिहास नआई देशको इतिहास पूरा हुँदैन ।’

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्नपढोस्छापोस्नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ ।’

हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरसालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो ।