८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.54

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित



अ+ अ-

काठमाडौँ: आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रुपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना‘ नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा सीमान्त सम्झना पुस्तक लोकार्पण गरियो । पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ ।

पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छ‘ भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेसको नयाँ अध्येता अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु ।’

यसरी एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदानका लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे ।

लोकार्पित पुस्तक ‘सीमान्त सम्झनाबारे लेखक यादव देवकोटाले टिप्पणी गरे । इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रुपमा चिनिन्छु तर म आज यही‘बाट एकमुष्ट रुपमा भन्न चाहन्छु– ‘सीमान्त सम्झनाजस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु ।’

वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरुबाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झनाले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपालकै स्तरमा वीरगन्ज सहरको सामाजिकआर्थिक इतिहास लिपिबद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’

सीमान्त सम्झना‘ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएकोदर्जनौँ पुस्तकलेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरु पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना  अनुसन्धानमूलक खजाना हो ।’

संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रुपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए । पुस्तकमाथि टिप्पणी गर्दै देवकोटाले भने, ‘एकेडेमीहरुले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ ।’
पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् । लाठ आध्यात्मिक साधक पनि हुन् ।

आफूहरुले ‘सीमान्त सम्झनामा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रुपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छत्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो । सन्दर्भसामग्रीअनुसूचीकुराकानीसूची र तस्बिरसूचीले पुस्तक संग्रहणीय बनेको छ ।’

सीमान्त सम्झनाले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास बताउने बताउँदै आचार्यले भने, ‘देशका हर परिवेशको इतिहास नआई देशको इतिहास पूरा हुँदैन ।’

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्नपढोस्छापोस्नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ ।’

हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरसालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो ।