२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।

न्यौपानेले विमानस्थलका विभिन्न शीर्षकको ठेक्का मिलाइदिने भन्दै दुई जना पीडितबाट राजस्व र धरौटी रकमको नाममा रु. ७ लाख ६० हजार ८ सय ठगी गरेकी थिइन्। थप रकम माग गरिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो।

स्थायी घर दैलेखको दुनेचौर गाउँपालिका वडा नं. ५ का न्यौपाने हाल ललितपुर महानगरपालिका वडा नं. २५ मा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

निजले राजस्व र धरौटी रकम स्वरूप उक्त रकम लिइसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।