९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक !

पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक !
अ अ+ अ-

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाले अनौठो सूचना जारी गरेर धेरैलाई चकित पारेको छ । देशभरी नै निजी विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेका बेला महालक्ष्मी नगरपालिकाले भने भएका निजी विद्यालय नै बन्द गरेर पालिकाभित्रका बालबालिकालाई अन्य पालिकाका निजी विद्यालयमा पढ्न जानबाट बञ्चित गरेको छ ।

महालक्ष्मी नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर निजी विद्यालयका सवारी साधनलाई प्रवेशमा रोक लगाएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै पालिकाभित्रका बालबालिकालाई अन्य पालिकामा भएका निजी विद्यालयमा जान नपाउने गरी सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकालाई सुलभ तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले निजी विद्यालयका सवारी साधनलाई पालिका प्रवेश गर्न नदिने गरी रोक लगाउने निर्णय नगरप्रमुख ध्रुवराज रायाले गरेका हुन् । उनले अभिभावक तथा सरोकारवालाहरूसँगको छलफल र समन्वयबाटै यो निर्णय गरिएको दाबी गरेका छन् ।

नगरप्रमुख रायाले नगरभित्रका निजी विद्यालयसमेत बन्द गरिएको उल्लेख गरेका छन् ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८२ मा अन्य पालिका र नगरपालिकाबाट निजी विद्यालयका सवारी साधन प्रवेश गरेको गुनासो बढेपछि बन्देज गरिएको छ ।’

महालक्ष्मी नगरपालिका क्षेत्रभित्र लेगुवा बजारमा मात्र निजी विद्यालय सञ्चालनमा रहेको पालिकाले जनाएको छ । पालिका आफैंले भने निजी विद्यालय बन्द गरिसकेको र छिमेकी पालिकामा सञ्चालनमा रहेका निजी विद्यालयहरूले विद्यार्थी ओसारपसार गर्ने क्रम बढेपछि त्यसलाई समेत बन्देज गरिएको प्रमुख रायाले जानकारी दिएका छन् ।

उनका अनुसार, दुई वर्षको अवधिमा महालक्ष्मीभित्रका तीनवटा विद्यालय बन्द गराइएको छ । लेगुवामा रहेको एउटा निजी विद्यालयलाई समेत बन्द गर्ने अन्तिम तयारीमा पुगेको छ ।

धनकुटा नगरपालिकामा अहिले ४७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन । ती सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिकाले समेत अभियानका रूपमा निर्णयहरू गरेर अंग्रेजी माध्यम, डिजिटल डिस्प्ले बोर्ड, आइटी ल्याब लगायतका कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

नगरपालिकाले गरेको निर्णयलाई अनौठो मानिएको छ । बालबालिकालाई सामुदायिक वा निजी जहाँ पठाए पनि त्यो छुट अभिभावकलाई हुन्छ । तर नगरपालिकाभित्र निजी सवारी साधन प्रवेश नै गर्न नदिने नगरप्रमुखको निर्णयको आलोचना हुन थालेको छ ।