२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल



अ+ अ-

काठमाडौँ। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो ।रासस