६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५



अ+ अ-

 काठमाडौँ: आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषणा गरेको छ ।

रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरी “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल हुनुभएको हो ।

यसै कार्यक्रममा कम्पनीले उहाँको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै जाने बताउनुभयो ।