२८ भाद्र २०८३, आईतवार
,
Latest
मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो ।

आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।

आजै भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमबारे जानकारी लिनुभएको थियो । कृषि र पर्यटन केन्द्रित साझेदारी कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी भूमिका खेल्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

लागत साझेदारीमा प्रतिफल देखिने खालको योजना बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा केही योजना सञ्चालन गरिने बताउनुभयो । रासस