३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन्



अ+ अ-

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै पदबाट राजीनामा दिएकी छिन्। राजीनामापछि उनले भैंसेपाटीस्थित मन्त्री निवाससमेत छाडेकी छन्।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएर उनी सिधै चाबहिलस्थित आफ्नो निजी निवास फर्किएकी थिइन्। स्रोतका अनुसार उनी बालुवाटारसम्म सहयोगीको निजी सवारी साधनमार्फत पुगेकी थिइन्। मन्त्री भट्टराईले सरकारी गाडी तथा अन्य सामग्रीहरू पनि मन्त्री निवासमै छाडेर गएकी छन्।

स्वास्थ्यको अवस्था ठीक नभएको भन्दै उनले राजीनामा दिए पनि राजनीतिक वृत्तमा उनको राजीनामालाई सत्ता गठबन्धनभित्रको चलखेलसँग पनि जोडेर हेरिएको छ। तर भट्टराई पक्षले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

गत वर्ष असार ३१ गते प्रधानमन्त्री ओलीको सिफारिसमा उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। करिब ८ महिनाको कार्यकालमै उनले पदबाट राजीनामा दिएकी हुन्।

उनको कार्यकालमा विभिन्न नीतिगत पहलहरू गरिएको भए पनि केही विवादास्पद निर्णय र नेतृत्वको भूमिकालाई लिएर आलोचना पनि भएको थियो। भट्टराईको राजीनालगत्तै नयाँ मन्त्रीको टुंगो कसलाई दिइने भन्ने विषयमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको स्रोतले बताएको छ।