२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र



अ+ अ-

जुम्ला। जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको काम तीव्र रूपमा अगाडि बढाइएको छ ।

सङ्घीय सरकारको रु एक अर्ब २६ करोडको लागतमा निर्माण प्रक्रिया सुरु भएको उक्त खानेपानी आयोजनामा हाल रु ९१ करोडमा ठेक्का सदर भइ काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अबको एक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अगाडि बढाइएको उहाँले बताउनुभयो ।

तातोपानी, गोठीचौर र चन्दननाथ गरी तीनवटा स्थानीय तहका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माण भइरहेको र यसबाट यहाँका आठ हजार ९०० भन्दा बढी घरधुरी तथा ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख इञ्जिनियर जोतिस मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजनाको काम तीब्र रूपमा भइरहेको छ । हालसम्म ७३ प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । एक वर्षपछि यहाँका नागरिकको खानेपानी समस्या समाप्त हुनेछ ।”

खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको निरीक्षण एवं अवलोकन गर्नु भई मन्त्रालयले परियोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेकाले तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “जग्गाको समस्याले परियोजना निर्माणमा केही ढिलाइ भएको हो । अब समस्या समाधान भएर काम अगािड बढेको छ, परियोजनामा बजेटको कमी हुने छैन । त्यसैले एक वर्षभित्र काम सम्पन्न हुनेछ”, उहाँले भन्नुभयो । रासस